तपाईँ सुन्दै हुनुहुन्छः

बाथ, मुटुरोग अनुसन्धान गर्न अक्षयकोष स्थापना

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ चिकित्सक डा प्रकाशराज रेग्मीले बालबालिकामा देखिने बाथ, मुटुरोगको अध्ययन, अनुसन्धान तथा निवारण गर्न सहयोग पु¥याउन ‘बाथ, मुटुरोग अनुसन्धान कोष’को स्थापना गर्नुभएको छ ।

नेपाल हृदयरोग निवारण केन्द्रमार्फत कोष सञ्चालन हुुने सो कोषमा उहाँले रु १० लाख प्रदान गर्नुभएको छ । कोषको रकम १० वर्षभित्र रु एक करोड पु¥याइने लक्ष्यसमेत राखिएको छ । “पछिल्लो समय नेपालमा बाथ, मुटुरोगको अवस्था बढ्दो छ । यसका बारेमा जनचेतना, अनुसन्धान र रोकथाम गर्न सामूहिक प्रयासको आवश्यकता रहेको छ । यसैलाई सहयोग गर्न कोष स्थापना गरी नयाँ कार्यको शुरुआत गरिरहेको हुँ उहाँले भन्नुभयो”, उहाँले भन्नुभयो ।

कोषको व्याजबाट प्राप्त रकम बाथ, मुटुरोगको अध्ययन, अनुसन्धान, निवारण गर्न तथा यी कार्यमा काम गर्ने व्यक्ति तथा संस्थालाई पुुरस्कृत गरिनेछ । प्रतिष्ठानका अनुसार नेपालमा एक प्रतिशत बालबालिकामा बाथ र मुटुरोगको समस्या रहेको अनुमान रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button