तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर दुर्घटनामा ११ सडक मजदुर घाइते 

धादिङ।  धादिङबेंसी-सल्यानटार सडकखण्डको ज्यामिरेमा अाज बिहान भएको ट्याक्टर दुर्घटनामा ११ जना सडक मजदुर घाईते भएका छन् । दुर्घटनामा पर्ने घाइतेहरु सबै  सडकखण्ड कालोपत्रे गर्ने जिम्मा लिएको नवकान्तिपुर कन्ट्रक्सनमा कार्यरत मजदुरहरु हुन् ।
निर्माण कम्पनीको सम्पर्क कार्यालय रहेको निगालपानीबाट ना६च २७८० नम्बरको निर्माण कम्पनीकै ट्याक्टरमा १४ जना चढेका थिए। बर्दिया राजापुर २ निवासी सन्जयकुमार चौधरीले तीव्र गतिमा कुदाएको थिए।
दुर्घटनामा घाइते भएका ११ जना मध्य गम्भीर घाइते भएका कृष्णबहादुर रावत र जयबहादुर चनारालाई उपचारका लागि भरतपुर पठाईएकने छ भने अन्य घाईतेकाे जिल्ला अस्पताल धादिङ बेशीमा उपचार भैरहेकाे छ । दुर्घटना गराउने ट्याक्टर चालक सन्जयकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button