तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा घटस्थापनाका दिन सार्वजनिक बिदा

काठमाडौं । दसैँको घटस्थापनाका दिन (असोज १२ गते) गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो।Image result for दसैँको घटस्थापना

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मुख्य सचिव हरिप्रसाद बस्यालले बताउनुभयो । घटस्थापनाको दिनमा यस अघि नेपाल सरकारले सार्वजनिक बिदा दिँदै आएको थियो ।

नेपालीहरुको महान पर्वको अवसरमा केही संघ संस्थाहरुले घटस्थापनाका दिन सार्वजनिक बिदा दिन माग गरेका थिए। त्यही अनुसार प्रदेश सरकारले घटस्थापनामा सार्वजनिक बिदाको निर्णय लिएको हो।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button