तपाईँ सुन्दै हुनुहुन्छः

९० लाख लागतमा जिन एक्सपर्ट मेसिन जडान

 बारा –जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा क्षयरोग परिक्षण गर्ने रु ९० लाखको लागतमा जिन एक्सपर्ट मेसिन जडान गरिएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी भक्तपुरको आयोजनामा भएको कार्यक्रममा ९० लाखको लागतमा मेसिन जडान गरिएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख बाबुलाल सहनीले जानकारी दिए ।

उपमहानगरपालिकाको स्वास्थ्य केन्द्रमा जिन एक्सपर्ट मेसिनको अभावमा क्षयरोगको परिक्षण गर्न २० देखि २५ किलोमिटर टाढा कलैया वा बिरगंज जानुपर्ने बाध्यता थियो ।

जिन एक्सपर्ट मेसिन भएको कोठाको रिबन काटी जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेलले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्नु हुँदै डा. पौडेलले जिन एक्सपर्ट मेसिनको सञ्चालनले उपमहानगरबासी लगायत उपमहानगरसँगै सिमाना जोडिएको पर्सा जिल्लाबासी लाभन्वीत हुने बिश्वास ब्यक्त गरे ।

राष्ट्रिय क्षयरोग केन्द्र ठिमी ,भक्तपुरका क्षयरोग बिशेषज्ञ डा.कृष्ण अधिकारीले जिन एक्सपर्ट मेसिनको सञ्चालन र ब्यवस्थापन सम्बन्धी सहभागीहरुलाई जानकारी गराएका थिए ।

वडा नं.२ का वडा अध्यक्ष तीलक बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वती देबी चौधरी ,वडा नं.३ का वडा अध्यक्ष जगन्नाथ घिमिरे ,वडा नं.४ का वडा अध्यक्ष भोज बहादुर खत्री ,कार्यपालिका सदस्य शोभा कार्की ,जीतपुर गा.बि.स.का पुर्बअध्यक्ष देवनारायण चौधरी ,रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेल,क्षयरोग शाखाका प्रदेश संयोजक राजेश साह ,क्षयरोग अधिकृत राजेश ठाकुर, जिल्ला जनस्वास्थ्य कार्यालय बाराका क्षयरोग अधिकृत रामबिनय यादब ,वडा सदस्य रामचन्द्र अधिकारी ,चिनमाया परियार ,धन बहादुर श्रेष्ठ, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button