तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले बगाउँदा झापामा एकजनाको मृत्यु

फाइल तस्बिर

भद्रपुर, झापा – यस वर्षको मनसुन सकिए पनि केही दिनदेखि भइरहेको वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा झापामा बिहिबार एकजनाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका वडा नम्बर १४ का ६२ वर्षीय कृष्ण सार्कीलाई स्थानीय हडिया खोलाले बगाउँदा उनको मृत्यु भएको दुवागढी रेडक्रस उपशाखाका पूर्व सभापति विश्व थापाले जानकारी दिनुभयो ।

खोला तर्नेक्रममा बेपत्ता भएका सार्कीको शव ३ किलोमिटरको पर फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button