तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश स्तरीय सुरक्षा गोष्ठी शुरु

 जनकपुरधाम – गृहमन्त्रालय र प्रदेश नंं २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्रालयको संयुक्त आयोजनामा आज देखि जनकपुरधाममा दुई दिने प्रदेश स्तरीय सुरक्षा गोष्ठी शुरु भएको छ ।

प्रदेश नंं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा शुरु भएको दुई दिने प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल,  शसस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र खनाल,  राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी,  नेपाली सेनाका पृतनापति नरेशचन्द भट्ट तथा गृहमन्त्रीको सुरक्षा सल्लाहकार ईन्द्रजीत राई सहभागी रहनु भएको सो प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा विभिन्न विषयहरुमा छलफल जारी रहेको छ ।

प्रदेश सरकार मातहत रहेका सुरक्षा अधिकारीहरु पनि सुरक्षा गोष्ठीमा सहभागि रहनु भएको छ । संघ तथा प्रदेशको बीचमा सुरक्षा व्यवस्थामा कुनै कठिनाई नओस् भन्नका लागि पनि कार्यक्रमको आयोजना गरिएको छ ।

खास गरेर सघ तथा प्रदेशमा भएको सुरक्षा व्यवस्थालाई एकीकृत रुपमा परिचालन गरेर प्रदेशको सुरक्षा व्यवस्था अझै प्रभावकारी बनाउने विषयमा विचार विमर्ष जारी रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिनुभयो ।

दुई दिने प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी,  नेपाल प्रहरी,  शसस्त्र प्रहरी,  जिल्ला हेर्ने नेपाली सेनाका अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको पनि सहभागिता रहेको कार्यक्रममा सुरक्षा सम्बन्धि बनेको कानूनहरुले दिएको अधिकार आदिको विषयमा पनि छलफल जारी रहेको छ ।

भोलीको कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा वादल, प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउत सहितको सहभागि हुनुहुने कार्यक्रम रहेको पनि धनुषाका प्रमुख जिल्ला अधिकारी कणेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button