तपाईँ सुन्दै हुनुहुन्छः

जागरण अभियान समिक्षा गर्न कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियानबारे समीक्षा गर्ने भएको छ ।पार्टी मुख्यालय सानेपामा दिउँसो ३ बजे हुने बैठकमा जागरण अभियानकाे समीक्षाका  साथै विजयकुमार गच्छदारको तत्कालीन लोकतान्त्रिक फोरमसँगको पार्टी समायोजन पछिको जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफल हुने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिनुभएको छ ।

कांग्रेसले पार्टी सुदृढीकरणको लागि भदौ २४ देखि असोज ५ सम्म मुलुकभर दोस्रो चरणको जागरण अभियान संचालन गरेको थियो । बाँकेको जागरण कार्यक्रममा सत्तारुढ दल नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए । त्यस्तै सप्तरीको जागरणमा भने जिल्ला सभापति र सांसदबीच हात हालहाल भएको थियो । कांग्रेसले यी घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ ।

केन्द्रीय समिति बैठक अघि आजै पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समितिको बैठक समेत बस्दैछ । समायोजन समितिको बैठक विहान ११ बजेका लागि बोलाइएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button