तपाईँ सुन्दै हुनुहुन्छः

धमकापुरमा ८० प्रतिशतमा सुगरको समस्या

तुलसीपुर- तुलसीपुरको धमकापुरमा स्वास्थ्य चेकजाँच गराउन आएका मध्य ८० प्रतिशतमा सुगरको समस्या देखिएको छ । तुलसीपुर चेम्बर अफ कमर्स तथा पाल्पाली पोलि क्लिनिक तुलसीपुरको प्राविधिक सहयोगमा तुलसीपुर–१५ धमकापुर स्कुलमा भएको एक दिने निशुल्क स्वास्थ्य शिविरमा यस्तो तत्य खुलेको हो ।

अधिकांसमा सुगर र ब्लड प्रेसरको समस्या देखिएपनि अस्पतालसम्म नपुगेको स्वास्थ्य शिविरमा सहभागी एमबिबिएस डाक्टर नासिम अक्रम मिक्रानीले जानकारी दिए । ‘ चेकजाँचको क्रममा यति ठूलो संख्यामा सुगरको बिरामी देखेको पहिलो पटक हो,’ डा. मिक्रानीले भन्नुभयो–‘ चेकजाँच गराउन आएका मध्य ८० प्रतिशमा सुगर र ब्लड प्रेसरको समस्या छ ।

त्यसमा पनि उनिहरुले अहिलेसम्म सामान्य उपचारको प्रकृया पनि गरेका छैनन् ।’ अन्यमा हाडजोर्नी, निमोनिया र बालबालिकामा भिटामिन र क्याल्सीयमको समस्या पनि देखिएको डा. मिक्रानीले जानकारी दिए । शिविरमा बालबालिकादेखि बृद्धसम्मका ३ सय ७४ जनाले स्वास्थ्य सेवा लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button