तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको मिसन अस्पतालमा सुत्केरी हुन आएकी युवतीको मृत्यू

पाल्पा । युनाईटेड मिशन अस्पताल पाल्पामा सुत्केरी हुन आएकी एक युवतीको उपचारको क्रममा ज्यान गएको छ ।
रम्भा गाँउपालिका–४, हुमिनकी २४ वर्षीया विपिन्द्रा सुर्यबंशीको उपचारका क्रममा ज्यान गएको हो । रगत बग्ने समस्याका कारण गत मंगलबार उपचार गर्न भन्दै अस्पताल ल्याएको आफन्तले बताएका छन् । बच्चाको मृत्यू भएको भन्दै बुधबार राती ११ बजे विपिन्द्राको अप्रेसन गरिएको जेठाजु तुल बहादुर शुर्यवंशीले बताउनुभयो । अप्रेसन गरेको ३ घण्टा पछी विपिन्द्राको मृत्यू भएको उहाँले बताउनुभयो ।
युनाईटेड मिशन अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले मुटु र फोक्सोमा आएको समस्याले बिरामीको मृत्यु भएको जानकारी दिनुभयो ।
विपिन्द्रा आत्तिएर अक्सिजन फालेपछी नर्सहरुले पुनः अक्सिजन लगाउन नसकेको कारण मृत्यू भएको आफन्तले बताएका छन् । मृत्यु हुँदा आफु सँगै रहेको बताउँदै विपिन्द्राका जेठाजु तुल बहादुर सुर्यवंशीले ५/ ७ पटकसम्म डाक्टरलाई बोलाउँदा पनी आउन ढिलाई गरेको बताउनुभयो । आफ्नै अगाडी बिरामी निलो भएपछी अस्पतालले आफुलाई बाहिर निकालेको सुर्यवंशीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button