तपाईँ सुन्दै हुनुहुन्छः

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउने गरी योजनाबद्ध र समन्वयतात्मकरुपमा सक्रिय हुन मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महिनाको समीक्षा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले घोषित लक्ष्य र प्रगतिलाई आगामी समीक्षामा नयाँ सोचका साथ बढी स्पष्ट र मूर्त बनाएर प्रस्तुत गर्ने पनि निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “अगाडि नबढेका आयोजनाहरु के कारण अगाडि नबढेको हो भन्ने देखिनुपर्छ । यस दुई महिनामा नभएका काम छन् भने आगामी दुई महिनामा दोब्बररुपमा काम गर्नुपर्छ । त्यसो हुन नसकेकामा वार्षिक लक्ष्य पूरा हुन नसक्ने स्थिति हुन्छ । यसमा साथीहरुको ध्यान जाओस् । काम बढी गर्न र प्रतिवेदन चुस्त, दुरुस्त राख्नुहोस् ।”Image result for सरकारको समीक्षा बैठक सिंहदरबारमा

उहाँले महत्वपूर्ण र ठूला काम हुन नसकेमा साना साना काम सम्पन्न हुनुको अर्थ नरहने भन्दै विकासमा योगदान दिन, आर्थिक उन्नति र समाजमा परिवर्तनको सकारात्मक परिणाम र असर पार्न सक्ने गरी महत्वपूर्ण कार्यक्रममा केन्द्रित हुन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले त्यसो नगर्न भन्दै फाइल बढी अल्झिने मानिएका मन्त्रालयलाई ढिलाइ नगर्न र अर्काे मन्त्रालयको प्रगतिमा सघाउन आग्रह गर्नुभयो ।

उहाँले सही समयमा सही काम गर्न र मन्त्रिपरिषद्बाट फिर्ता हुने खालका प्रस्ताव नल्याउन पनि ध्यानाकर्षण गर्नुभयो । उहाँले भन्नुभयो, “हामी चल्ते चलाते ढंगले होइन, नवीनता र सहजताका साथ अगाडि जान चाहान्छौँ । जटिलता होइन । सहजता खोज्नुपर्छ ।” उहाँले विकास किन भएन ? किन ढिलो हुन्छ ? कारणहरु खोज्नुपर्छ ।

खरिद ऐन वा अरु कारणहरु के छन्् ? एउटै ठेकेदारले क्षमताभन्दा बढी ठेकका लिन्छ  ? भन्ने प्रश्नको उत्तर खोज्नपर्ने उल्लेख गर्दै राजनीतिक प्रभावमा केही ठेकेदारलाई काखी च्यापेर, उनीहरुले जे गरे पनि आँखा चिम्लिएर जाने प्रवृत्ति रोकिनुपर्ने र देशलाई ध्यानमा राखेर स्वच्छता, पारदर्शीता र समुचित ढङ्गले विकासलाई अगाडि बढाएर  जनतामा सन्तुष्टि दिन आग्रह गर्नुभयो ।बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बजेट, कार्यक्रम र सम्बन्धित मन्त्रीहरुसँगको कार्यसम्पादन सम्झौताअनुसार प्राप्त प्रगति विवरण प्रस्तुत गरिएको थियो ।Image result for सरकारको समीक्षा बैठक सिंहदरबारमा

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button