तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज बजारमा छाडा चौपाया व्यवस्थापनमा ठूलो चुनौती

 

नेपालगञ्ज। नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशुचौपाया नेपालगञ्ज उपमहानगरपालिकाको व्यवस्थापनका लागि ठूलो चुनौती बनेको छ ।

गाई, साँढे, सुङ्गुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा सयौको सङ्ख्यामा भेटन सकिन्छ । पछिल्लो समय दैलेखमा छाड्न लगिएका गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म आइपुगेका छन् । यो घटनाले देशैभरि उपमहानगरपालिकाको आलोचनासमेत भएको थियो ।

सो घटनामा केही व्यक्ति दोषी देखिएको सरकारी छानबीन टोलीले पनि ठहर गरेको छ । छानबिन समितिले हिजो गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाउँदै उक्त घटनामा केही व्यक्ति दोषी देखिएकाले कारवाहीका लागि सिफारिस गरेको छ । गत भदौ १२ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएका झण्डै तीन सयमध्ये ३५ गाईगोरु सुर्खेतको कटकुवा जङ्ल आसपास क्षेत्रमा मृत फेला परेका थिए । यो घटनाअघि पनि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाडने नेपालगञ्ज उपमहानगरपालिका निर्णय आलोचित बनेको थियो । अहिले उपमहानगरपालिकाले नेपालगञ्जको पुरैनीको खुल्ला स्थानमा तारवार गरि चौपाया थुन्ने गरेको छ ।

नेपालगञ्जको पूmलटेक्रामा सानो आकारको काञ्जी हाउसमा सबै छाडाचौपाया नअट्ने भएपछि सो स्थानमा खाली जग्गामा खुल्ला रुपमा छाडाचौपाया थुन्ने गरिएको नगर प्रमुख डा धवलशम्शेर राणाको भनाइ छ । तर, यति गर्दा पनि आप्mनो चौपाया छाडा छाड्ने नगरका पशुधनीको प्रवृत्ति भने जस्ताको त्यस्तै छ । “हामीले त व्यवस्थापन मात्र गर्ने हो, छाडाचौपाया सबैको सामूहिक समस्या पो बन्नुपर्छ । नेपालगञ्ज उपमहानगरपालिकाको मात्र जिम्मेवारी हो भनेर मात्र यो समस्या कसरी समाधान हुनसक्छ ?”—नगर प्रमुख राणाको प्रश्न छ ।

नेपालगञ्जको छाडा चौपाया नेपालगञ्जवासीद्वारा सिर्जित समस्या मात्र होइन । सीमापारी भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयौंको सङ्ख्यामा पशुयता धपाउने गरिएको छ । वर्षात शुरु हुने समयमा खच्चर कारोबारीका रोगी, थाकेका, मर्न लागेका खच्चर बजारमा यत्रतत्र छाड्ने गरेकाले पनि छाडा चौपायाको समस्या झन बल्झिएको छ ।
केही समयअघि नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा भुस्याहा कुकुरको सङ्ख्या बढेपछि भाले कुकुरको बन्ध्याकरण शिविर नै सञ्चालन गरेको थियो । शिविरमा करीब २०० कुकुरको बन्ध्याकरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button