तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता

न्यूयोर्क । संयुक्त राष्ट्रसंघको ७४ औ महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरीकामा रहनु भएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच संक्षिप्त भेटवार्ता भएको छ ।

मन्त्री ज्ञवाली अमेरिकी राष्ट्रपति ट्रम्प र उहाँकी धर्मपत्नी मेलिना ट्रम्पले आयोजना गर्नुभएको स्वागत समारोहमा सरिक हुने क्रममा भेट भेटवार्ता भएको हो ।

उहाँ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले आयोजना गर्नुभएको राजकीय दिवाभोजमा पनि सरिक हुनुभयो ।

आजै मन्त्री ज्ञवाली दिगो विकासका लागि राष्ट्रसङ्घीय उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा पनि सहभागी हुनुभयो ।

महासभामा परराष्ट्रमन्त्री मन्त्री ज्ञवालीले यही असोज १० गते सम्बोधन गर्ने कार्यक्रम छ ।

महासभामा १ सय ८८ देशका राष्ट्राध्यक्ष–सरकार प्रमुख र सदस्य मुलुकका प्रतिनिधिमण्डलका प्रमुख यही असोज १३ गतेसम्म हुने उच्चस्तरीय बैठकहरुमा सहभागी हुनेछन् ।

७४औँ महासभा बैठक गत भदौ ३१ गतेदेखि प्रारम्भ भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button