तपाईँ सुन्दै हुनुहुन्छः

पर्साबाट ३ महिनामा १२ हजार नयाँ प्यान वितरण

पर्सा । सरकारले प्यान नम्बर तथा स्थायी लेखा नम्बर लिन अनिवार्य गरेपछि आन्तरिक राजश्व कार्यालय पर्साबाट ३ महिनामा झण्डै १२ हजारले नयाँ प्यान नम्बर लिएका छन् ।

चालु आर्थिक वर्षको ३ महिना भित्र उद्योग व्यवसायको लागि ६ सय ७० र व्यक्तिगत ११ हजार ३ सय ६८ जनाले प्यान नम्बर लिएको आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख गोपीकृष्ण कोइरालाले बताउनुभयो ।

पर्सा जिल्लामा हालसम्म उधोग व्यवसायको लागि २९ हजार ५ सय ७४ जना र व्यक्तिगत ३७ हाजर २ सय ६८ जनाले प्यान नम्बर लिएको आन्तरिक राजस्व कार्यालय वीरगञ्जले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button