तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको क्षमता बिस्तारसँगै श्रोताको संख्या वृद्धि

जनकपुरधाम– रेडियो नेपालले आफ्नो प्रसारण पहुचलाई सर्वसुलभ तथा गुणस्तरीय बनाउनका निरन्तर रुपमा आफ्नो क्षमता बिस्तार गर्दै गएको छ ।

प्रदेश नंं २ को बर्दिवासमा रहेको प्रादेशिक प्रसारण कार्यालयको क्षमताको विस्तार गरेको छ । उक्त ठाउँमा रहेको १ हजार वाटको एफ.एम.को क्षमताको विस्तार गरि २ हजार वाट पुर्याएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले बताउनुभयो । १०३. मेघा हर्जमा सुनिने गरेको रेडियो नेपालको एफ. एम. को क्षमताको बिस्तार भएपछि घना बस्तिहरुमा पनि रेडियो नेपालको प्रसारण प्रष्ट रुपमा सुनिन थालेको छ ।

प्रदेश नंं २ को प्रादेशिक एफ. एम. प्रसारण सेवाको क्षमताको बिस्तार गए राति साढे नौ बजेदेखि प्रशारण आरम्भ गरेको प्रादेशिक प्रसारण कार्यालय प्रदेश नंं २ का प्रमुख रामपुकार रामले जानकारी दिनुभयो ।

निकट भविष्यमा नै प्रादेशिक प्रसारण क्षमताको अझै बिस्तार गरेर ५ हजार वाट पुर्याउने कार्यक्रम रहेको पनि कार्यकारी निर्देशक कार्कीले जानकारी दिनुभयो ।

मिडियम वेभ को ११४३ मेघा हर्ज तथा एफ. एम. १०३ मा सेवा सुचारु भएपछि प्रदेश नंं २ भरिमा रेडियो नेपालका श्रोताहरुको संख्या निक्कै बढेर गएको छ । खास गरेर रेडियो सेट राख्ने क्रम घटिरहेको बेलामा एफ.एम. को सेवा शुचारु भएपछि युवादेखि विभिन्न उमेरका व्यक्तिहरु मोवाईलमा नै रेडियो नेपाल सुन्ने क्रम बढेर गएको छ ।

रेडियो नेपालले यस अघि वारा जिल्लाको जीतपुरमा पनि एफ.एम. सेवा सुचारु गरिसकिएको छ। बर्दिवासमा क्षमता विस्तार भएपछि धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरी जिल्लासम्म रेडियो नेपाल प्रष्ट रुपमा सुनिन थालिएको छ ।

बर्दिवासमा एफ.एम. को १ हजार वाट क्षमताको हुदा घना वस्तिहरुमा प्रष्ट रुपमा सुनिनका लागि कठिन हुने गरेको थिए । २ हजार वाटको क्षमता विस्तारसंगै घना वस्तिमा पनि सुनिन थालिएको छ । यति मात्र नभएर ईन्टरनेट सेवा उपलब्ध रहेको ठाउँमा www.onlineradionepa.gov.np  अनलाईनवाट पनि प्रष्ट रुपमा रेडियो नेपालको प्रसारण विश्आव व्यापि भएको छ ।

प्रदेश नंं २ को प्रसारण सेवाको हालको विस्तार संगै बर्दिवासमा निर्माण भैरहेको प्रशासनिक भवन तथा अत्याधुनिक स्टुडियो भवनको निर्माण पनि जारी रहेको रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालयका प्रमुख रामले जानकारी दिनु भयो । अहिले प्रदेश नंं २ वाट मैथिली, भोजपुरी, मगही भाषाको समाचार तथा कार्यक्रमका अतिरिक्त नेपाली भाषाको पनि गीत संगितहरु प्रसारण हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button