तपाईँ सुन्दै हुनुहुन्छः

तीन ३ महिनादेखि बिद्युत सेवा अबरुद्ध

रकुम – रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा तीन महिनादेखि विद्युत आपुर्ति सेवा बन्द भएको छ । नगरको वडा नम्वर ७ मा रहेको लापुरीखोला लघु जल विद्युत आयोजनाको जेनेरेटरमा समस्या भएपछि विद्युत आपुर्ति सेवा बन्द भएको हो ।

८५ बाट  बिद्युत उत्पादन क्षमता रहेको हाईड्रोपावरले कम्पनिसँग पटक–पटक मर्मतको लागि आग्रह गर्दा समेत मर्मतको काम नभएको वडा अध्यक्ष ईन्द्रलाल शर्माले जानकारी दिए ।

एचए कम्पनिले उपभोक्ता समितिलाई बिद्युत हस्तान्तरण नगरेको कारण अन्य कम्पनिबाट बिग्रेको सामान किन्न र मर्मतको लागि जनशक्ती बोलाउन आफुहरुलाई कठिन भएको उनको भनाई छ । नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावली नजिकिदै गर्दा समेत बिद्युत आपुर्ति सेवा वन्द हुदा सेवाग्राही मारमा परेका छन ।

सात सय ग्राहक संख्या रहेको लघुजल विद्युत आयोजनावाट नगरको वडा नम्वर ६ घर्तिकाँडा, वडा नम्वर ७ को नार्जी खत्रीगाउँ कुमाईगाउँ, वडा नम्वर ८ को वसीगाउँ सोतीखोला ,गेस्मा र वडा नम्वर ९ को कोटजहारी गुर्तालगाउँमा विद्युत आपुर्ति हुदँ ैआईरहेको थियो ।

विद्युत आपुर्ति सेवा अवरुद्ध भएसंगै यस क्षेत्रका व्यापार व्यावसायी एवम सर्वसाधारण व्यक्तिहरु लाई मोवाईल चार्ज गर्न देखि सञ्चारका माध्यम प्रयोग गर्न र उद्योग धन्दा चलाउन समस्या भैरहेको छ । हाईड्रोपावरमा विग्रेको उक्त सामान किन्नको लागि साढे २ लाख रकम लाग्ने उपभोक्ता समितिले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button