तपाईँ सुन्दै हुनुहुन्छः

कृषि विकास बैंकबाट ४ करोड ७३ लाख चोरी भएको पुष्टि

काठमाडौं । कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको पुष्टि भएको छ । सुरुमा चोरी भएको रकम डेढ करोड भनिएको थियो । तर बैंकका उपप्रबन्धक दीर्घ अर्यालले ४ करोड ७३ लाख रकम निकालिएको पुष्टि गर्नुभयो  ।

घटनामा संलग्न रहेको आशंकामा १२ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा बुधवार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको हो । मुख्य अभियुक्त भने भारतमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button