तपाईँ सुन्दै हुनुहुन्छः

प्राकृतिक सुन्दरतासंगै विकास : स्वीस राजदुत ऐलिजावेथ

 

दोलखा/ स्वीस सरकारको सहयोगमा पुर्ननिर्माण तथा स्तरउन्नती गरिएको दोलखाको गौरीशङ्कर गाँउपालिकामा पर्ने च्छो रोल्पा हिमताल पुग्ने पदमार्ग मंगलवार राष्ट्रिय संरक्षण दिवसको अवसरमा गौरीशङ्कर गाँउपालिका तथा गौरीशङ्कर संरक्षण क्षेत्रलाई हस्तान्तरण गरिएको छ ।

दोलखाको उत्तरी सिंगटीमा आयोजितक कार्यक्रममा नेपालका लागि स्वीस राजदुत ऐलिजावेथ भोनकयापेलरले जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेको उपस्थितिमा गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण साहलाई पदमार्ग हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा नेपालका लागि स्वीस राजदुत ऐलिजावेथ भोनकयापेलरले नेपाल र त्यसमा पनि दोलखासंग स्वीस सरकारको लामो मित्रता रहेको स्मरण गर्नुहुदै दोलखाको सुन्दरताबाट पर्यटक आकर्षित गर्न केन्द्रिय सरकार, स्थानिय जनप्रतिनिधि, राजनीतिक दल, संरक्षण क्षेत्र सबै मिलेर काम गर्नु पर्ने बताउनु भयो ।

राजदुत ऐलिजावेथले पर्यटन विकास अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुहुर्दै विकासको नाममा प्राकृतिक सुन्दरता र धार्मिक एवं सांस्कृतिक संरचना विगार्न नहुने बताउनु भयो । धर्म र मानव विकास एक अर्कोसंग सम्बन्धित रहेको उल्लेख गर्नुहुदै उहाँले पर्यटन विकासको लागि प्राकृतिक सुन्दरता र धार्मिक एवं सांस्कृतिक महत्वको संरक्षण गर्नुपर्ने बताउनु भयो ।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले दोलखाको विकासमा स्वीस सरकारको सहयोग उल्लेखनिय रहेको चर्चा गर्नुहुदै पर्यटन विकासमा स्थानिय सरकारले योजनाबद्ध ढङ्गले काम गर्ने बताउनु भयो ।

२०७२ सालको विनाशकारी भुकम्पले क्षतिग्रस्त दोलखाको गौरीशङ्कर गाँउपालिकाको छेतछेत देखि च्छो रोल्पा हिमतालसम्मको ४० किलो मिटर पदमार्ग स्वीस सरकारले विकेन्द्रीत ग्रामीण पुर्वाधार तथा जीविकोर्पाजन सुधार परियोजना/भुकम्प आपतकालीन सहायता आयोजना अन्र्तगत पुर्ननिर्माण तथा स्तरउन्नती गरिदिएको हो ।

१० करोड रुपैयाको लागतमा पुर्ननिर्माण तथा स्तरोन्नतीको काम भएको उक्त पदमार्गमा अप्ठेरा ठाँउहरुमा रेलिङ राखिएको, आवश्यक ठाँउमा सुचना पाटी, पदमार्गमा पर्ने पाँच ठाँउमा झोलुङ्गे पुल निर्माण र स्थानियलाई पदमार्ग सम्बन्धि सीप विकास तालिम समेत दिईएको छ ।
गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण साहले च्छो रोल्पासम्मको पदमार्ग पुर्ननिर्माण तथा स्तरउन्नतीको कामले संरक्षण क्षेत्रमा पर्यटक भित्राउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुहुदै दोलखाको विकासमा स्वीस सरकारसंग मिलेर काम गर्न संक्षण क्षेत्र प्रतिक्षारत रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button