तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि सय रुपैयाँको नोट बजारमा , यस्ता छन् विशेषता

काठमाडौं। नेपाल राष्ट्रबैंकले नयाँ विशेषतासहितको १०० को नयाँ नोट आजदेखि चलन चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत न ओ/१८०००००१ देखि क/३७ ९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याएको हो ।

राष्ट्र बैंकले नयाँ एकसहीको नयाँ नोटबारे सूचना जारी गर्दै चलन चल्तीमा आएको जानकारी गराएको हो । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध अग्रेजीमा लेखिएकोछ ।
पहिलो पटक ३ करोड थान (३ अर्ब रुपैयाँ)का सय दरका नयाँ नोट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको जारी गरेको सूचना हेर्नुहोस्-

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button