तपाईँ सुन्दै हुनुहुन्छः

साताको तेस्रो दिन लगातार ओरालो यात्रामा अमेरिकी डलर

काठमाडौं। नेपाली बजारमा साताको तेस्रो दिन आज (मंगलबार)अमेरिकी डलरसहित प्राय सबै देशको भाउ ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रिदर १४१ रुपैयाँ ६४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button