तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा नदीमा डुबेर एक जना बेपत्ता

कैलाली नदीमा डुबेर भजनी नगरपालिका वडा नम्बर ७ दक्षिण भुरुवाका ५३ बर्सिया डल्लु डगौरा बेपत्ता भएका हुन् ।

सोमवार दिउसो मोहना नदी किनारमा भैसी चराउने क्रममा नदीमा डुबी डगौरा बेपत्ता भएका ईलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ । वेपत्ता डगौराको खोजीकार्य जारी रहेको ईलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र बहादुर धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button