तपाईँ सुन्दै हुनुहुन्छः

लगानी बोर्ड बैठक: बाहिरी चक्रपथको जिम्मेवारी चिनियाँ कम्पनीलाई

काठमाडौँ –सरकारले महत्वपूर्ण तीन परियोजना निर्माणका लागि प्राप्त प्रस्तावहरु मध्येबाट संक्षिप्त सूची तयार पारेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा आज बसेको लगानी बोर्डको ४० औं बैठकले तल्लो अरुण परियोजना, नीजगढ अन्तराष्ट्रिय विमानस्थल रकाठमाडौँको बाहिरी चक्रपथ निर्माणका लागि निर्माण कम्पनीहरुको संक्षिप्त सूची तयार गरेको हो ।

बैठकले तल्लो अरुण परियोजनाका लागि भारतीय कम्पनी एस जेभियन, चीनको चाइना पावर कन्स्टक्सन र जापानको जे पावर, नीजगढ अन्तराष्ट्रिय विमानस्थलका लागि परेका ७ वटा प्रस्तावमध्ये मापदण्ड पूरा गर्ने जुरिच इन्टरनेशनल एयरपोर्ट एजी र काठमाडौँको बाहिरी चक्रपथ निर्माणका लागि प्रस्ताव पेश गर्ने ४ वटा कम्पनी मध्ये मापदण्ड पूरा गर्ने चाइना कम्युनिकेसन कम्पनीलाई संक्षिप्त सूचीमा राखेको छ ।

बैठकले संक्षिप्त सूचीमा राखिएका कम्पनीहरुबाट विस्तृत प्रस्ताव लिएर मूल्याङ्कनपछि काम अघि बढाइने बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button