तपाईँ सुन्दै हुनुहुन्छः

खुलेन चार महिनादेखि पहिरोको कारण अवरुद्ध सडक

फाइल तस्बिर

जाजरकोट -चार महिनादेखि अवरुद्ध रहेको जाजरकोटको नलगाड नगरपालिका स्थित छेप्का कैना ७ किलोमिटर दुरीको सडक सन्चालनमा आउन सकेको छैन ।

लगातारको बर्षातसंगै सडकको तिमिलेचौर, सिस्नेरी, छेप्का, कैना लगाएत दर्जनौं स्थानमा खसेको पहिरोको कारण सडक अवरुद्ध भएको छ । पहिरोका कारण छेप्का देखि कैनाका लागि छुट्ने यातायातको साधन कालिमाटी छेप्कामा थन्किएका छन् ।

छेप्का कैना सडकको पहिरो ब्यबस्थापन तथा सडकको स्तरोन्नति नहुदा यात्रुलाई सास्ती भएको छ । सडकमा यातायात अबरुद्ध भएपछि नगरका २, ३,४, ६ वडाका टट्टा, चाउलेचौर, करुवा, लहँ, भारगाउँ, गर्छिना, कुशे गाउँपालिका तथा बारेकोट गाउँपालिका लगाएत दुर्गम गाउका स्थानीयलाई पैदल हिड्नु पर्ने वाध्यता छ । बर्षातको समयमा खोलानाला तथा सडक अबरुद्ध हुने गरेका कारण विद्यालय आउने बालबालिकालाई समेत समस्या हुने गरेको सुर्यदय माद्यामिक विद्यालय कैनाका प्रधानाध्यापक नरबहादुर शाहीले बताउनुभयो ।

दुर्गम गाउँमा दैनिक उपभोग्य सामान आपुर्ती सहज नहुदा मुल्यबृदि आकाशिएको छ । दुइ रुपैया प्रति केजी ढुवानी हुने सामान अहिले ६ देखि ८ रुपैया केजीमा ढुवानी हुने गरेको स्थानीय व्यापारी मोतीलाल बुढाले बताउनु भएको छ ।

सडक बन्द हुदा दुर्गम गाउँकावासिन्दा मर्कामा परेका छन् । सडकमा यातायात संचालन नहु“दा दैनिक उपभोग्य बस्तु तथा विकास निर्माण सामाग्री लगाएतको ढुवानीमा समस्या भएको छ । सडकमा ६ महिना यातायात संचालन हुन बाँकी ६ महिना सडक बन्द हुने गरेको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button