तपाईँ सुन्दै हुनुहुन्छः

यु-१८ च्याम्पियनसिपमा नेपाल भुटानसँग तीन शुन्यले पराजित

काठमाडौँ– साफ यू–१८ फुटबल च्याम्पियनसिपमा नेपाल भुटानसँग तीन शुन्यले पराजित भएको छ । यो हारले नेपाल प्रतियोगिताबाट लगभग बाहिरिने भएको छ ।

हलचोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा खेल अगाडी बर्षा भएपछि केही गिलो भएको थियो । जसका कारण दुबै टिमका खेलाडीलाई खेल्न केही असहज भएको थियो । बल अगाडी बढाएपनि चाहिने समयमा खेलाडी चिप्लिन पुग्दा त्यसको घाटा विशेष गरी नेपाललाई भएको थियो । ४०औं मिनेटमा नेपालले गोल खान पुग्यो । नेपालको डिफेन्सको लाप्सेसका कारण भुटानका यासी दोर्जीले गोल गर्न सफल भए । उनले दुई पटकको प्रयासमा गोल गरेका थिए ।

पहिलो हाफको तुलनामा नेपालले दोस्रो हाफमा केहि आक्रामक फुटबल खेलेको थियो । नेपालले ५६ औं मिनेटमा राम्रा अवसर पाएको थियो । ८६ औं मिनेटमा भुटानले पेनाल्टीको अवसर पायो । जसलाई केल्जाङ जिग्मीले गोल गर्न सफल भए । त्यसपछि खेलको अन्तिममा उनले नै गोल गर्दै नेपाललाई तीन शुन्यले स्तब्ध बनायो ।

यो हारले नेपाललाई सेमिफाइनलमा पुग्न कठिन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button