तपाईँ सुन्दै हुनुहुन्छः

भाषा संस्कृतिको विकासमा रेकडिङ्ग स्टुडियोको महत्वपूर्ण भूमिका रहने : मुख्यमन्त्री राउत

जनकपुरधाम– प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले भाषा संस्कृतिको विकास तथा संरक्षण गर्नका लागि रेकडिङ्ग स्टुडियोको निक्कै ठूलो महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ ।

मुख्यमन्त्री राउतले आज जनकपुरधाममा नवनिर्मित नटराज प्रोड्क्सन एवं रेकर्डिङ्ग स्टुडियोको उद्घाटन गर्दै स्टुडियोवाट परम्परागत गीत संगितको संरक्षणका लागि नयाँ नयाँ गीतहरुको सृजना भएर प्रतिभाहरुले आफ्नै गाउँ ठाउँमा अवसर पाउने आशा व्यक्त गर्नुभयो ।

उहाले ढिलो गरी जनकपुरधाममा स्टुडियो सञ्चालनमा आउनु सखद भएको बताउदै स्टुडियोबाट सामाजिक चेतनाको अभिबृद्धि गर्ने किसिमको सामाग्रीहरुको उत्पादनले पनि उचित स्थान पाउने आसा पनि व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राउतले आधुनिक प्रविधि युक्त स्टुडियोले कलाकारहरुको हौसला बढाउनुको साथै स्थानीय भाषा संस्कृतिको संरक्षण , सम्वद्र्धन र विकासमा विशेष टेवा पुरयाउनुका साथै रेकडिङ्गका लागि बाहिर जाने बाँध्यताको पनि अन्त्य हुने बताउनभयो ।

उहाले यस्ता प्रकारका स्टुडियोको निर्माणमा पहिला नै औद्योगिक घरानाहरुले ध्यान दिनु पर्ने थियो भन्दै तर ढिलो गरि कलाकार आफैले आफ्नै पूँजी लगाएर स्टुडियो सञ्चालन गर्नु स्वगत योग्य भएको बताउनुभयो

प्रदेश नं २ को भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले रेकडिङ्गका लागि स्थापित भएका स्टुडियोमा मैथिलीका अतिरिक्त, भोजपुरी तथा बज्जिका भाषाको गीत संगितले पनि उचित स्थान पाउने आशा व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस प्रदेश नंं २ का संसदीय दलका नेता रामसरोज यादवले लोप हुन थालेको गीत, संगित तथा संस्कृतिको जगेर्नाका साथै संरक्षणको कार्यमा पनि नटराज रेकडिङ्ग स्टुडियोलाई सफलता मिल्ने आशा व्यक्त गर्नुभयो ।

नटराज स्टुडियोको कार्यकारी निर्देशक अनिल मिश्राको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गायिका स्मृति मिश्रले पनि बोल्नु भएको थियो । कार्यक्रममा सोही स्टृुडियोमा रेकडिङ्ग गरिएको वेटी पढाउँ बेटी बचाउँ सम्बन्धि चेतनामूलक गीत प्रदेश नंं २ का मुख्यमन्त्री राउतलाई निर्देशक मिश्रले हस्तान्तरण गर्नु भएको थियो ।

रामानन्द चौकमा रहेको नटराज रेकडिङ्ग स्टुडियोको निर्माण एवं सञ्चालनले रेकडिङ्गका लागि काठमाण्डौ, पटना तथा दिल्ली जानु पर्ने बाँध्यतामा कमी आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button