२०७९ साल असार २१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

टावरमा आगजनीपश्चात् सञ्चारविहीन

रेडियो नेपाल २०७६ असोज ५ गते १४:१६

बैतडी। डिलाशैनी गाउँपालिका–४ स्थित मठैराज बलालीमा रहेको नेपाल टेलिकमको टावरमा आगजनीपश्चात् सो क्षेत्र सञ्चारविहीन भएको छ । साउन १७ गते अज्ञात समूहले सो टावरमा आगजनी गरेको थियो ।

टावरमा आगजनी भएपश्चात् फोन गर्न निकै समस्या भएको स्थानीयवासी दीपक धामीले बताउनुभयो । फोनसेवा नहुँदा कार्यालयको कामकाज प्रभावित भएको डिलानशैनी–७ का वडाध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो । आगजनीबाट टावरमा जडान गरिएका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।

सम्बन्धित