तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं, ४ असोज– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सुरु भएको छ ।

आज  अपरान्ह ४:०० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नौ जना सचिवालय सदस्यहरू उपस्थित हुनुहुन्छ।

बैठकमा प्रदेश २ को नेकपा देखिएको विवादमा छलफल गरिने बताइएको छ। साथै, बैठकले एकता प्रक्रियाका बाँकी रहेका कामको पनि टुङ्गो लगाइने पार्टीले जनाएको छ।

नेकपाका अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्वस्थताका कारण बिहीबार स्थगित भएको बैठक आज बसेको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button