तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा जीप दुर्घटना, एकको अवस्था गम्भीर 

पाल्पा – पाल्पाको  रैनादेवी छहरा गाउँपालिका ६ अरखोरमा पिकअप जीप दुर्घना भएको छ । सत्यवतीबाट केलाटार गएको गा २ च २७१७ नम्वरको पिकअप जीप अनियन्त्रित हुँदा दुर्घटना भएको जनाइएको छ।

जीप दुर्घटना भई सडकबाट ५० मिटर तल खसेको छ । प्रहरी चौकी बल्ढेगढीका प्रहरी सहायक निरिक्षक नरेन्द्र बहादुर मल्लको टोलीले घाइतेको उद्दार कार्यमा खटेका थिए ।

जीपमा सवार मध्य रैनादेवी छहरा गाउपालिका ८, सत्यवतीका ५० वर्षीय झै बहादुर रेशमी घाइते बनेका छन् । उनको हाल प्रभास स्थित लुम्विनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ ।

घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ  ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button