तपाईँ सुन्दै हुनुहुन्छः

‘निर्माण, प्रगति र सामाजिक न्याय अबको प्राथमिकता’

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पूर्वाधार निर्माण, प्रगति र सामाजिक न्याय नै सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा काभे्रको मण्डनदेउपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मन्त्री बाँस्कोटाले सवैतिरबाट थिलथिलो बनेको अवस्थामा पनि सरकारले विकासका कामलाई गति दिएकाले अव सानातिना कुरामा अल्झिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

युवा शक्तिलाई स्वदेशमै परिचालन गरी निर्माणका काम अघि बढाउन सरकारले विशेष योजना ल्याउने पनि मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button