तपाईँ सुन्दै हुनुहुन्छः

‘सडकमा नाराबाजी गर्दैमा राजतन्त्र फर्किदैन’

झापा । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सडकमा चर्काे नाराबाजी गर्दैमा मुलुकमा कुनै पनि हालतमा राजतन्त्र नफर्किने बताउनु भएको छ ।

संविधान तथा राष्ट्रिय दिवसका अवसरमा आज झापाको विर्तामोडमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले वर्तमान संविधान पूर्ण समावेशी र समानुपातिक भएको बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले संविधान गतिशील दस्तावेज भएको भन्दै आवश्यकता अनुसार परिमार्जन गर्न सकिने बताउनुभयो ।

उहाँले नेपालको संविधान विश्वमै उत्कृष्ठ रहेको भन्नुहुदैं यसको रक्षा गर्न नेपाली जनता एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कुनै पनि बहानामा जनताका काममा ढिलासुस्ती नगर्न कर्मचारीहरुलाई निर्देशन दिँदै उहाँले भ्रष्टाचार गरेको थाहा पाउनासाथ कारवाही गरिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button