तपाईँ सुन्दै हुनुहुन्छः

जनआन्दोलनका घाइते मुकेश कायस्थलाई सम्मान 

Image may contain: 5 people, including Moti Ram Timalsina, people standing

बनेपा, असोज – जनआन्दोलनका घाइते बनेपाका मुकेश कायस्थलाई संविधान दिवसको अवसर पारेर आज ‘संविधान दिवस मूल समारोह समिति काभ्रेपलाञ्चोक’ले सम्मान गरेको छ ।

समारोह समितिका प्रमुख एवं जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले संयुक्तरूपमा मुुकेशलाई सम्मानपत्र प्रदान गर्नुभएको हो ।

“विसं २०६२/६३ को आन्दोलनको उपलब्धिस्वरुप देशमा गणतन्त्र स्थापना भई देशमा नयाँ संविधान जारी गरी संविधानअनुसार स्थानीय तहको निर्वाचन र तीन नै तहका निर्वाचनसमेत सम्पन्न भई मुलुकले गति लिइसकेको अवस्थामा सोही आन्दोलनमा परी सख्त घाइते हुनुभएका तपाईं मुकेश कायस्थलाई यहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा संविधान दिवस जिल्ला समारोहमार्फत सम्मान गरिएको छ”, सम्मानपत्रमा उल्लेख छ ।

Image may contain: 5 people, including Moti Ram Timalsina, indoor

सो क्रममा समारोहका प्रमुख केसीले घाइते मुकेशको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँको उपचार र हेरचाहमा विशेष ध्यान दिन उहाँका परिवारलाई आग्रह गर्नुभयो । सो अवसरमा मुकेशका बुबा कृष्णमान कायस्थले मुकेश प्रतिष्ठान गठनका लागि आवश्यक पलह गरिदिन आग्रह गर्नुभयो ।

मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष एवं मुकेशका तत्कालीन विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका हीरा शर्मा नेपालले पूर्वप्रधानमन्त्रीले नै घोषणा गर्नुभएको पर्यटन मन्त्रालयबाट तत्कालीन जिल्ला विकास समितिमार्फत आएको रु पाँच लाख रकम लिन जाँदा नगरपालिकामार्फत आउँछ भनेर फिर्ता पठाएको भए पनि पछि त्यो रकम प्राप्त गर्न नसकेको उल्लेख गर्दै त्यसलाई पुनः प्राप्त गर्ने व्यवस्था मिलाउन जिल्ला समन्वय समिति र नगरपालिकालाई आग्रह गर्नुभयो ।

Image may contain: 3 people, people sitting and wedding

धुलिखेल नगरपालिकाका प्रमुख ब्याञ्जुले कुनै कार्यक्रमको योजना बनाएर पेश गर्न आग्रह गर्दै त्यसका लागि आवश्यक पलह गर्ने बताउनुभयो ।

मुकेश १५ दिनदेखि बिरामी    

Image may contain: 1 person, close-up

जनआन्दोलनका घाइते मुकेश १५ दिनदेखि थप बिरामी परेका उहाँका बुबा कृष्णमानले बताउनुभयो । स्वाशप्रस्वाशमा समस्या देखिएको उहाँको शिर मेमोरियल अस्पतालमा केही दिन उपचार गरेर पुनः घरमा नै उपचार गराइरहेका उहाँलाई अहिले पनि अक्सिन दिइराखेको छ ।
अस्पतालमा नै राखेर उपचार गर्न आग्रह गरे पनि धेरै जना बिरामी भएकाले सङ्क्रमण हुनसक्ने भन्दै घरमा राखेर उपचार गर्न चिकित्सकहरुले सल्लाह दिएपछि घरमा नै अक्सिन जोडेर राखिएको उहाँको भनाइ छ । जनआन्दोलनको क्रममा विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि घाइते भएको मुकेश अझैसम्म पनि अचेत अवस्थामा छन् ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button