तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवस अवसरमा प्रदेश २ को राजधानी जनकपुरमा भव्य कार्यक्रम

जनकपुरधाम – संविधान दिवसको अवसरमा आज प्रदेश नंं २ को राजधानी जनकपुरधाममा बिभिन्न कार्यक्रमहरुको आयोजना गरी भव्य रुपमा मनाइएको छ ।

जनकपुरधामको जानकी मंन्दिरको प्राङ्गढाबाट प्रदेश नंं २ का निमित्त प्रमुख सचिव शंकर सुवेदीको अग्रसरतामा बाँजागाँजासहितको प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । प्रभातफेरी कार्यक्रमा नगरको विभिन्न भागको परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर झण्डोतोलन पछि सम्पन्न भएको थियो ।

प्रदेश नंं २ का सरकारको निर्णय अनुसार नै मनाईएको संविधान दिवसको झण्डोतोलन कार्य जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेश वनरैत यादव तथा निमित्त प्रमुख सचिवले संयुक्त रुपमा गर्नु भएको थियो ।

आन्तरिक मामिला तथा कानूनमन्त्रालयको आयोजनामा भएको प्रभातफेरी कार्यक्रममा निजामती कर्मचारी, सरकारी निकायका प्रमुखहरु, स्थानीय पालिकाका प्रमुखहरु, सामाजिक क्षेत्रका व्यक्तिहरु, सुरक्षा निकायका प्रमुखहरु तथा सुरक्षाकर्मीहरु तथा बुद्विजीविहरुको सहभागिता रहेको थियो ।

यसै गरि धनुषा जिल्लामा रहेका संघीय, प्रदेश तथा स्थानीय सरकारमा कार्यरत रहेका कर्मचारीहरुको पनि सहभागिता रहेका थिए । हात–हातमा राष्ट्रिय झण्डासहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।


कार्यक्रममा बोल्दै निमित्त प्रमुख सचिव शंकर सुवेदीले शहिदहरुको बलिदान तथा त्यागवाट प्राप्त भएको संविधानको अधिकतम प्रयोगले मुलुकलाई चाडै समृद्धिको बाटोमा लाने पर्याप्त सम्भावनाहरु रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button