तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसमा हेटौंडामा भव्य कार्यक्रम

मकवानपुर-संविधान दिवसको अवसरमा प्रदेश ३ सरकारको आयोजनामा शुक्रबार प्रदेश राजधानी हेटौंडामा भव्य कर्यक्रम आयोजना गरिएको छ ।

प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्रीहरु , राष्ट्रसभा तथा प्रतिनिधि सभामा सांसदहरु, प्रदेश सभाका सदस्यहरु, जिल्ल समन्वय समितिका प्रमुख, विभिन्न निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, सहकारी, विद्यालयहरु, विभिन्न जातजातीका झाँकीहरु सहित हजारौं सर्वसाधारणहरुको सहभागितामा भएको ¥यालीले हेटौंडा बजारको परिक्रमा गरेर कार्यक्रममा परिणत भएको थियो ।

¥यालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले नेपाली जनताको चाहाना र आकांक्षा अनुसार संविधान सभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको बताउनुभयो । उहाँले यस उपलक्ष्यमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ मनाउन उपस्थित भएका आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभयो ।

सम्बोधनमा उहाँले ऐतिहासिक संविधानसभाको निर्वाचन मार्फत जनताद्धारा निर्वा्चिन प्रतिनिधिहरुबाट संविधान निर्माण गर्ने नेपालीहरुको सदियौंदेखीको सपना पुरा भएको दिन सदा महत्वपुर्ण र अविस्मरणीय रहेको बताउनुभयो ।

उहाँले लोकतन्त्र, नागरिक अधिकार, स्वतन्त्रता र सामाजिक न्यायका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति श्रद्धासुमन व्यक्त गर्नुभयो । साथै मुख्यमन्त्री पौडेलले शहीदहरुका सपना पुरा गर्न अविराम अविचलित भई लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

वर्तमान संविधानले एकात्मक राज्यको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात गरेको उहाँको भनाई थियो । पौडेलले विविधता बिचको एकता, सामाजिक एवम् सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्धन गर्दै सबै प्रकारका विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प समेत लिएका बताउनुभयो ।

उहाँले नेपालको संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रहि समृद्ध राष्ट्र निर्माण गर्ने अठोट लिएको दवी गर्नुभयो । पौडेलले विश्वका धेरै मुलुकहरुका संविधान मध्ये नेपालको संविधान उत्कृष्ट संविधान रहेको कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button