तपाईँ सुन्दै हुनुहुन्छः

आयोजनाका प्राथमिकताका आधारमा बजेट विनियोजन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय गौरवका आयोजनालाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

प्राधिकरणले चालु आर्थिक वर्ष २०७६–०७७ का लागि स्वीकृत कुल ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार ९ सय ९४ रुपैयाँ बजेट मध्ये राष्ट्रिय गौरवको आयोजनाका लागि २२ अर्ब ७३ करोड विनियोजन गरेको हो ।

प्राधिकरणले राष्ट्रिय गौरवका आयोजना पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल र निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको तयारी र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमता विस्तार तथा सुदृढीकरणलाई प्राथमिकतामा राखेकोे छ ।

प्राधिकरण महानिर्देशक रामप्रसाद नेपालले हवाई क्षेत्रको विकासका विमानस्थाल निर्माण र सुदृढीकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button