तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसका अवसरमा मैत्रीपुर्ण फुटबलको आयोजना

जुम्ला – चौथो संविधान दिवसका अबसरमा जुम्लामा कर्मचारी र जनप्रतिनिधि बीच मैत्रीपुर्ण फुटबल खेलको आयोजना गरिएको छ । जनप्रतिनिधि र प्रशासन गरी दुई टिम बीच फुटबल खेल सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो ।

खेलमा चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालको जनप्रतिनिधिको टिमले प्रजिअ दुर्गा बञ्जाडेका प्रशासनको टिमलाई १ गोलले पराजित गरेको छ । संविधान दिवसलाई भव्यताका साथ मनाउने कार्यतालिका अनुसार फुटबल खेल सञ्चालन गरिएको प्रजिअ बञ्जाडेले बताउनुभयो ।

जुम्लामा आम सरोकारवाला बीचको सहभागितामा संविधान दिवसलाई सभ्य र भव्य रुपमा मनाउनका लागि विभिन्न कार्यक्रम हुने जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताउनुभयो ।

त्यस्तैगरी संविधान दिवसका अवसरमा बिभिन्न रेडियो पत्रपत्रिकाबाट शुभकामना प्रसारण तथा प्रकाशन गर्ने, संविधानका मुलभुत पक्षका बारेमा आठै स्थानीय तहदेखि जिल्ला स्तरमा अन्तरक्रिया छलफल गर्ने, दिपप्रज्वलन गर्ने लगायतका कार्यक्रम गर्दै असोज ३ गते भव्यताका साथ चौथो संविधान दिवश मनाउने तयारी भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button