तपाईँ सुन्दै हुनुहुन्छः

नदीको बहाव बढेर जमिन कटानका कारण झापामा तीन परिवार विस्थापित

भद्रपुर, झापा – अविरल वर्षासँगै नदीको बहाव बढेर जमिन कटान भएपछि झापामा तीन परिवार विस्थापित भएका छन् ।

भदौ अन्तिम साता भएको वर्षाबाट झापाको कनकाई नदीमा पानीको सतह बढ्न गई जमिन कटान हुँदा नदी किनारमा रहेको शिवसताक्षी १० स्थित सुकुम्बासी वस्तीका तीन परिवार पूर्णरुपमा विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

विस्थापित हुनेमा रोशन ऋषिदेव, दिलीप ऋषिदेव र सरवन ऋषिदेवको परिवार रहेको छ । यसरी तीन परिवारका ९ जना प्रभावित भएका छन् ।

उनीहरुलाई सुरक्षित स्थानमा लगिएको र तात्कालीन राहत सामग्री टेन्ट, त्रिपाल, भाँडाकुँडा उपलब्ध गराइएको नेरेसो झापाको विपद व्यवस्थापन इकाईका हरिशरण खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button