तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसको अवसरमा मिनी म्याराथन प्रतियोगिता

भद्रपुर, झापा – राष्ट्रिय संविधान दिवस २०७६ को अवसर पारेर बिहीबार झापाको सदरमुकाम भद्रपुरमा सडक दौड मिनी म्याराथन प्रतियोगिता गरिएको छ ।

भद्रपुर ५ स्थित मेची पूलबाट शुरु भई भद्रपुर ८ को ट्रेड युनियन चोकमा समापन भएको ६ किलोमिटरको दौडमा छात्रतर्फ सिद्धार्थ मावि दमकका याङदेव राई प्रथम भए भने छात्रातर्फ धुलाबारी मावि मेचीनगरकी भवानी कामती प्रथम भइन् । उनीहरुलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै छात्रतर्फ धुलाबारी माविकै भूपेन्द्र राई द्वितीय, टावर टेम्पल स्कूल विर्तामोडका अनिश बस्नेत तृतीय, धुलाबारी माविका अञ्जित दर्जी चौथो र हिमालय मावि दमकका युवराज लिम्बूले पाँचौ स्थान हासिल गरे भने छात्रातर्फ सगरमाथा मावि भद्रपुरकी सुस्मिता राई द्वितीय, धुलाबारी माविकी सन्ध्या शर्मा तृतीय, हिमालय मावि दमककी मनिषा राई चौथो र हल्दिबारी माविकी प्रतिमा तोलाङ्गीले पाँचौं स्थान हासिल गरे ।

उनीहरूलाई क्रमशः ८, ६, ४ र २ हजार नगद पुरस्कार प्रदान गरियो । पुरस्कारको व्यवस्था भद्रपुर नगरपालिकाले गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button