तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसको अवसरमा सशस्त्र प्रहरीद्वारा रिले दौड प्रतियोगिता

 बीरगंज – संबिधान दिवसको अवसरमा आज वीरगंजमा सशस्त्र प्रहरी भन्सार गस्ती गुल्मद्वारा आज रिले दौड प्रतियोगिताको आयोजना गरेको छ ।

वीरगंजको रजत जयन्ती चोकबाट शुरु भएको रिले दौड प्रतियोगिता इदगाह चोक, माईस्थान, घण्टाघर हुदै बस पार्कबाट बाईपासको बाटो हुदै नेपाल भारत सिमा क्षेत्र शंकराचार्य गेटमा पुगेर समापन भएको थियो ।

दौड प्रतियोगितामा ३५ जना सशस्त्र प्रहरीका धावकहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी संविधान दिवसकै अवसर पारेर सशस्त्र प्रहरी भन्सार गुल्मले गुल्मपति सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीको कमाण्डमा रहेको टोलीले आज वीरगंजको शंकराचार्य गेट देखि रामजानकी मन्दिर परिसर लगायतको क्षेत्रमा वृहत सरसफाई गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button