२०७८ साल साउन २० गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीको वडा कार्यालयमा आगजनी

रेडियो नेपाल २०७६ असोज २ गते १३:१४

कैलाली –  धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ ।

राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

आगलागी भएको खबर तुरुन्तै थाहा पाउनासाथ समयमै आगो नियन्त्रण गरिएकाले खासै क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । नेत्र विक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने आशङ्का गरिएको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
रासस

सम्बन्धित