तपाईँ सुन्दै हुनुहुन्छः

मंसिरमा उप निर्वाचन गर्न कुनै बाँधा छैन: प्रमुख निर्वाचन आयुक्त

काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अगामी मंसिर १४ गते उपनिर्वाचन गर्न कुनै बाँधा नरहेको प्रष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले उपनिर्वाचनको तयारीलाई तिव्र पारेको जानकारी दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन र आयोगको काम कारवाही अझै प्रभावकारी बनाउन विभिन्न तीनवटा ऐनहरु निर्वाचन ऐन, निर्वाचन आयोग ऐन र राजनीतिक दल दर्ता तथा नियमन सम्बन्धी ऐन बनाउनका लागि स्विकृती पाएकाले अबको वर्ष आयोगले ऐन निर्माणमा जोड दिने जानकारी दिनुभयो ।
प्रमुख आयुक्त थपलियाले हाल प्रतिनिधि सभा र प्रदेश सभाको उप निर्वाचन गर्ने स्पष्ट कानुन भएपनि स्थानीय तहको उपनिर्वाचन सम्बन्धी कानुन नहँुदा समस्या भएको जानकारी गराउनुभयो ।
केही नेपाल ऐन संशोधन मार्फत् रिक्त वडा अध्यक्ष पदको निर्वाचन गर्न खोजिएको भएपनि रिक्त सदस्यहरु र पहिलो निर्वाचनमा उम्मेदवारी नपरेर निर्वाचन हुन नसकेको स्थानमा निर्वाचन गर्ने आधार र कानुन नहुँदा समस्या सिर्जना भएको बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले हाल देशमा एक हजार भन्दा बढी स्थानमा जनप्रतिनिधि नभएर काम हुन नसकेको अवस्था रहेको जानकारी गराउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले १५९ स्थानमा उम्मेदवारी नपरेर निर्वाचन हुन नसकेको र मृत्यु लगायतका कारण गरेर २०० भन्दाबढी पद रिक्त रहेको र निर्वाचित उम्मेदवारहरु कार्यालय नजाने तथा काम नगर्ने र रोजगारीका लागि विदेश जाने जस्ता कारणले धेरै पद खाली रहेको बताउनुभयो ।
छलफलमा संसदहरुले मंसिर १४ गतेको उपनिर्वाचनको तयारी, इलेक्ट्रोनिक भोटिङ, विदेशमा रहेका नेपालीहरुलाई मतदानमा सहभागी गराउने लगायतका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
छलफलमा केही सांसदरुले इलेक्ट्रोनिक भोटिङको व्यवस्था गर्नुपर्ने, विदेशमा रहेका नेपालीहरुलाई मतदानमा सहभागी गराउने विषयमा जोड दिएपनि केही सांसदहरुले भने यस विषयमा बृहत छलफल र कानुन आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button