तपाईँ सुन्दै हुनुहुन्छः

लक्ष्यअनुसार काम समयमै सम्पन्न गर्नुपर्छ : मन्त्री महासेठ

काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले लक्ष्य अनुसार काम समयमा नै सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिद्वारा आयोजित कार्यक्रममा मन्त्री महासेठले अपवाद बाहेक हाल कर्मचारीको सरुवा नहुने भएकोले कार्यक्षेत्र नछोड्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइराला, सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभागका महानिर्देशक, उपमहानिर्देशक, मन्त्रालय तथा विभागका सहसचिव, सुई, आयोजना निर्देशक, नेपाल निजामती कर्मचारी युनियनका पूर्व अध्यक्ष सुबोध देबकोटा, सङ्गठन केन्द्रका उपाध्यक्ष, प्रदेश इन्चार्ज, उपमहासचिव, सचिव, सचिवालय सदस्य, केन्द्रिय सदस्य, अन्य मन्त्रालयका विभागीय अध्यक्ष एवं प्रतिनिधि, मन्त्रालयमा सक्रिय अन्य ट्रेड युनियनका अध्यक्ष तथा प्रतिनिधि, विभागीय कमिटीका सदस्य लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button