तपाईँ सुन्दै हुनुहुन्छः

कुलेखानी–फाखेल सडकको यातायात आज बिहानदेखि सञ्चालनमा

हेटौँडा । हेटौँडा–कुलेखानी सडकअन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका–२ सल्लेमा खसेको ठूला–ठूला ढुङ्गा हटाई आज बिहान ७ः३० बजेदेखि हेटौँडा–काठमाडाँैको यातायात सेवा सञ्चालनमा ल्याइएको फाखेल प्रहरी चौकीले जनाएको छ ।

उक्त सडकमा हिजो करीब ९ः०० बजे राति पनि सुक्खा पहिरो गई यातायात सेवा अवरुद्ध भएको थियो । स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा फाखेलका प्रहरी टोलीले त्यसतर्फ गई राति करीब ११ः३० बजे पहिरो हटाएको फाखेल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भरतकुमार कुल्मीले जानकारी दिनुभयो ।

सल्ले सडकखण्ड काठमाडौँसँग जोडिएको मकवानपुरको दुई किलोमिटरभित्र पर्दछ । आज बिहान चाँडै काडमाडौँबाट आएका टाटासुमो यातायात उक्त ढुङ्गा खसी अवरोध भएको ठाउँमा घण्टौ कुर्नुपरेको स्थानीयवासी रामबहादुर थापाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button