तपाईँ सुन्दै हुनुहुन्छः

‘सबै दल मिलेर अघि बढ्नुको विकल्प छैन’ 

कुमोद अधिकारी, विराटनगर । सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजनीतिक मुद्धा समाप्त भएकाले विकास र सम्वृद्धिको मुद्धामा सरकार र सबै दल मिलेर अघि वढनुको बिकल्प नभएको बताउनुभएको छ ।

प्रेस संगठन मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले केही तत्वहरु छिद्रबाट छिरेर वंशतन्त्र र परिवार तन्त्र फर्काउन खोज्ने कसरतमा रहेपनि त्यो कुनै पनि हालतमा सम्भव नहुने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त संविधानलाई सबैले आत्मसाथ गरी सकेकाले संविधान दिवसलाई भव्य रुपमा मनाउन सबैलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button