तपाईँ सुन्दै हुनुहुन्छः

उखु खेती विस्तारका लागि ४५० किसानलाई अनुदान

कैलाली । सुदूरपश्चिम प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उखु खेती विस्तारका लागि कञ्चनपुर र कैलालीका गरी ४५० जना किसानलाई अनुदान उपलब्ध गराएको छ ।

मन्त्रालयले उपलब्ध गराएको एक करोड २५ लाख अनुदानबाट किसानले ६०० बिघा जग्गामा उखु खेती गरेका छन् ।

कैलालीको भजनी, कैलारी र कञ्चनपुरको पुर्नवास, बेलौरी, लालझाडी, शुक्लाफाँटा र कृष्णपुरका किसानलाई गणस्तरीय उखुको बीउका लागि उक्त रकम अनुदानस्वरूप उपलब्ध गराइएको मन्त्रालयका योजना महाशाखा प्रमुख गोकुल बोहराले बताउनुभयो ।

छ सय बिघा जग्गामा दुई लाख ४० हजार क्विन्टल उखु उत्पादन हुने र१२ करोड बढी आम्दानी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button