तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाल भ्रमण वर्ष २०२० सम्पूर्ण नेपालीको साझा अभियान’

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सम्पूर्ण नेपालीको साझा अभियान भएको बताउनुभएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वेवसाईट, अनलाईन समाचार पोर्टल र सामाजिक सञ्जालका पेजहरूको आज काठमाडौमा सुभारम्भ गर्नुहुँदै मन्त्री भट्टराईले भ्रमण वर्ष २०२०को कार्यक्रमले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली समेट्ने बताउनुभयो ।

मन्त्री भट्टराईले भ्रमण वर्षको अभियान सम्पूर्ण नेपालीको पहिचान र प्रतिष्ठासँग गाँसिएको विषय भएको हुनाले यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button