तपाईँ सुन्दै हुनुहुन्छः

दाङबाट पाँच सय खसी बोका राजधानी पठाइने

घोराही – खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी तुलसीपुरले दशैँका लागि दाङबाट पाँच सय खसीबोका राजधानी पठाउने भएको छ । खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी काठमाडौँले दाङबाट खसी बोका लिने जनाएको हो ।

दशैँ तिहारका लागि खाद्य ब्यबस्था तथा ब्यापार कम्पनीले हरेक बर्ष राजधानी बाहिरबाट खसी, बोका र च्यांग्रा लिने गरेको छ । राजधानीका लागि आबश्यक पर्ने खसी, बोका तथा च्यांग्रा हरेक बर्ष जस्तै यसबर्ष दाङबाट खसी र बोकाको माग भएको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी तुलसीपुरका प्रमुख माधब मिश्रले जानकारी दिनुभएको छ ।

यद्यपी दाङमा खसी र बोका खरिद गर्नका लागि मुल्य निर्धारण गरिएको छैन । खाद्य ब्यबस्था तथा ब्यापार कम्पनीले खसी र बोका खरिदका लागि प्रारम्भिक खरिद समितिको केही दिनमा बैठक बसेर मुल्य निर्धारण गर्ने प्रमुख मिश्रले जानकारी दिनुभएको छ ।

बैठकले खसी र बोकाको मुल्य निर्धारण गरेपछि कृषक तथा सहकारी मार्फत् खरिद गरिने कार्यालयले जनाएको छ । त्यस्तै खसी र बोका राजधानी पु¥याउनका लागि ढुवानी गर्ने कम्पनीसंग पनि समन्वय भइरहेको प्रमुख मिश्रले जानकारी दिनुभएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button