तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीबाट संघीय संसद भवनको शिलान्यास (फोटोफिचर)

 

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतन्त्रीक गणतन्त्रमाथिको प्रहार सरकारका लागि सह्य नहुने बताउनुभएको छ ।

radionepal
सिंहदरबारमा आज संघीय संसद भवनको शिलन्यास समारोहमा प्रधानमन्त्री ओलीले सरकार संविधान अनुसार जनताको बलिदानलाई खेर जान नदिन प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले लोकतान्त्रिक प्रणाली र प्रक्रिया दुवैमा विस्वास गर्दै मुलुकको आर्थिक विकासतर्फ सरकार अग्रसर बनिरहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले सोचेजस्तो गतिमा काम हुन नसकेको भन्दै सरकारको आलोचना हुने गरेपनि पछिल्लो समयमा ऐतिहासिक र महत्वपूर्ण कामहरु हुने थालेको बताउनुभयो ।
उहाँले पछिल्लो समाय सरकार समृद्धि र आर्थिक विकासमा केन्द्रित भइरहेको स्पष्ट पार्नुहुँदै भ्रष्टचारविरुद्धको अभियानलाई प्रभावकारी बनाउने बताउनुभयो । CanadaNepal

उहाँले मुलुक आर्थिक विकासमा केन्द्रित भइरहेको अवस्थामा कुनै पनि वहानामा समाजमा हुने हिंसाजन्य क्रियाकलाप सरकारका लागि सह्य नहुने पनि बताउनुुभयो ।

प्रधानमन्त्री ओलीले संघीय संसदको आफ्नै गुणस्तरीय र आकर्षक भवन हुने र त्यो ३ बर्षभित्रै सम्पन्न हुने बताउनुभयो ।
उहाँले भवन निर्माणका क्रममा गुणस्तरमा संझौता नहुने र कबुल गरेको बजेटमा पैसा थप्ने तथा निर्माणमा हुने विलम्ब सरकारका लागि मान्य नहुने समेत स्पष्ट पार्नुभयो ।

शहरी विकासमन्त्री मोहमद इस्तियाक राईले नेपालकै सवैभन्दा ठूलो सरकारी भवनका रुपमा सिंहदरबार भित्र निर्माण हुने संघीय संसद भवनको ३ बर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीले संघीय संसद भवनका दुवै सदनका लागि १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा निर्माण गर्न लागिएकोे भवनको लागत ७ अर्ब ७३ करोड अनुमान गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button