तपाईँ सुन्दै हुनुहुन्छः

दशैंका लागि राष्ट्र बैङ्कले नयाँ नोट १० गतेबाट वितरण गर्ने

काठमाडौं । दशैं र तिहारका लागि राष्ट्र बैङ्कले असोज १० गतेबाट सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले असोज १० गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गरिने तर कुनकुन बैङ्कबाट नयाँ नोट वितरण गर्ने भन्ने निक्र्योल भइनसकेको जानकारी दिनुभयो  ।

यो वर्ष १३ देखि १४ अर्व बराबरका नयाँ नोट वितरण गर्ने राष्ट्र बैङ्कको तयारी छ । त्यसमध्ये २ अर्व बराबरका खुद्रा नोट वितरण गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button