तपाईँ सुन्दै हुनुहुन्छः

साफ च्याम्पियनसिपका लागि यू–१८ को नेपाली टोली घोषणा

काठमाडौं । यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि घरेलु टोली नेपालले अन्तिम टोली घोषणा गरेको छ । सो खेल आगामी शुक्रबारबाट सुरु हुन लागेको छ । यू–१९ टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले अन्तिम टोली घोषणा गर्नुभयको हो ।

गोलकिपर – विशाल सुनार, सूर्य अधिकारी र पुजन होना

डिफेन्डर – विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अञ्जल महर्जन

मिडफिल्डर – सिसिर लेखि, रोसन राना मगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा

स्टाइकर – व्रिजेश चौधरी, सन्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी

साफ च्याम्पियनसिप शुक्रबारबाट हलचोकस्थित सशस्त्र मैदानमा सुरु हुँदैछ । नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button