तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा नदीले बगाउँदा एककाे मृत्यु

 

अछाम-अछाममा बुढीगंगा नदीले बगाउँदा एक जनाकाे ज्यान गएकाे छ । जिल्लाकाे साँफेबगर नगरपालिका वडा नम्बर ४ का ५८ बर्षिय मीनबहादुर कुँवरकाे नदीमा नुहाउने क्रममा बगेर ज्यान गएको हाे ।

साेमबार दिउसाे नदीकाे पक्की पुल नजिक नुहाईरहेका कुँवरलाई नदीले बगाएकाे थियाे । उद्दारका लागि प्रहरी र स्थानीयले प्रयास गरेपनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा यस क्षेत्रमा निरन्तर वर्षा भएका कारण बुढीगंगा नदीमा पानीको बहाब समेत उच्च रहेकाले बचाउन नसकिएको अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले बताउनुभयो ।

कुँवरकाे शव करिब २ किलाेमिटर टाढा वैद्यनाथ क्षेत्रमा फेला परेकाे थियाे । ईलाका प्रहरी कार्यालय साँफेबगर र स्थानीयले शव फेला पारेका प्रहरी निरिक्षक नरपति भट्टले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button