तपाईँ सुन्दै हुनुहुन्छः

असोज २ गते सबै सरकारी अस्पतालको ओपीडी सेवा निःशुल्क पाइने

काठमाडौं । आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा निःशुल्क ओपिडी सेवा पाइने भएको छ ।

असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाको बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूअन्तर्गतका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट ०७६ असोज २ का दिन ओपीडी सेवाको टिकट निःशुल्क हुने जनाएको छ । यसका लागि सम्बन्धित सबैलाई सर्कुलर गरिसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, ओपीडी निःशुल्क भए पनि अन्य सेवा भने पूर्ववत् प्रवाह हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button